झापा , असार १८ । झापाको कनकाई नगरपालिका ८ स्थित पिकनिक स्पोटमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नविन ओलीका ६ बर्षीय छोरा सर्वजित ओली रहेका छन् । बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराई बेपत्ता भएका थिए ।


हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षिणमा मृत अवस्थामा भेटिएको थियो। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्