झापा , असार १८ । राजवंशी समाज विकास समिति काठमाण्डौ क्षेत्रीय समितिले गोकर्णेश्वर नगरपालिकाको सहिद पार्क जंगडोल डाँडामा वृक्षरोपण गरेको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमलसिंह राजवंशी, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, गोकर्णेश्वर ७ का वडा सदस्य गंगा खतिवडा, सहिद पार्क जंगडोल डाँडाका अध्यक्ष सुदर्शन सिग्देललगायतको विशेष उपस्थितिमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

राजवंशी समाज विकास समिति काठमाण्डौ क्षेत्रीय समितिका अध्यक्ष दिपक राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा गोकर्णेश्वर ४ का समाजसेवी बुद्धिजीवि लिलाबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका ममता राजवंशी , कृति राजवंशी , विनिता राजवंशी,कानुनी व्यवसायी पूर्णप्रसाद राजवंशी,पूर्व रासविसका अध्यक्षहरु प्रदिप राजवंशी,व्यवसायी नरेश राजवंशी, समाजसेवी भुपेन्द्र राजवंशी, खाद्य संस्थानकी उपसचिव अनिताकुमारी राजवंशी, आयोजक समितिका उपाध्यक्षहरु अन्जु राजवंशी , सेन्ठु राजवंशी ,सचिव शम्भु राजवंशी , उपसचिव संगीता राजवंशी, कोषाध्यक्ष प्रकाश राजवंशी, सदस्यहरु विश्वदीप राजवंशी, रुद्र राजवंशी, सरस्वती राजवंशीलगायतको सहभागिता रहेको थियो । सहिद पार्कमा तेजपत्ता हर्बलको सयवटा बिरुवा रोपिएको उपाध्यक्ष अन्जु राजवंशीले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्