एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् ।

राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् । राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे गएराति मुलुक छोडेर भागेका हुन् ।

बीबीसीलगायत अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार राष्ट्रपति राजापाक्षे सैनिक विमान चढेर भागेका हुन् । उनी मालदिभ्सको राजधानीमा माले पुगेका छन् । राजापक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापक्षे परिवारको शासन अन्त्य भएको बीबीसीले टिप्पणी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्