झापा , आसार २९ । मोरङको रंगेली नगरपालिका-२ स्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ।

हिजो दिउँसो रंगेली-२ का २५ बर्षीय भिम राई घर नजिकै रहेको कट खोलामा घुँगी टिप्न भनि गएकोमा पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए । मृतक राईको शव पोष्टमार्टमको लागि रंगेली अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्