झापा , साउन १५ । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध कपडा र जुत्ता प्रहरीले बरामद गरेको छ ।

आइतबार बिहान १०.३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ गैरीगाउँमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साडी, कुर्था सुरुवाल, कुर्ती, लेगिज,सटको थान कपडा गरी अन्दाजी १ लाख ६ हजार मूल्य बराबरको सामान बरामद गरेको थियो ।

त्यस्तै आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको स्पोर्टस सुज अन्दाजी .६० हजार मूल्य बराबरको सामान बरामद गरेको छ । ती सबै सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्