झापा , साउन १६ । पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

गएरातिदेखिको वर्षापछि घरमाथिबाट आएको पहिरोले पुरिँदा सन्तोष सुनारको ज्यान गएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।

सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए । सुनिता र सिमन दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्