झापा, साउन १६ । २० वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग लज्जास्पद हार ब्यहोरेको छ ।

भुवनेश्वरमा भएको खेलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप सात गोल खायो ।

भारतका लागि टाइसनले खेलको ३२ र ६६, पार्थिवले ५० र ५२, हिमांशुले ७१, तनकधारले ७८, गुरकिरतले ९० औँ मिनेट र सुभोले इन्ज्युरी समयमा गोल गरे ।
यो हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ, नेपालको ६ अंक छ । गएराति हारे पनि नेपालको फाइनल प्रवेश सम्भावना कायमै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्