झापा , भदौ ३ । उदयपुरको ताप्लि गाउँपालिका १ मा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।

भाद्र १ गते बेलुका ६ बजे ताप्लि-१ मादलेका ३५ बर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा बिहिबार बिहान दहमा डुबेर मृत अबस्थामा फेला परेको भनि जानकारी प्राप्त हुनासाथ घटना स्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली खटि मृतकको शवलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी बिहिबार दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का बलबहादुर दर्जीको ८ बर्षीय छोरा अन्जान दर्जी साथीहरुसंग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्