बिर्तामोड , भदौ ४ । शिक्षासेवी ,समाजसेवी एवं साहित्यकार रुपनारायण मुखियाको आज बिहान निधन भएको छ ।

बिर्तामोड १० निवासी मुखियाको बिहान ४ बजेतिर ७३ वर्षको उमेरमा निधन भएको हो । पुजापाठका लागि पुजा सामग्रीको तयारी गर्दैगर्दा उनी अचानक ढलेका थिए । उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याउनासाथ उनको निधन भएको परिवारले जनाएको छ ।

महेन्द्रज्योति माविका पूर्व शिक्षक मुखिया विभिन्न संघसंसथामा आवद्ध थिए । विशाल कृषि सहकारी संस्थाको उपाध्यक्ष , सैनिक बजार व्यवस्थापन समितिको सचिव , भुपू सैनिक स्मारक नाम लेखन समितिको सचिवलगायतका संघसंस्थामा रहेका मुखिया पछिल्लो समय सिद्धार्थ बोर्डिङको प्रिन्सिपल रहेका थिए । सरल र मिलनसार स्वभावका मुखियाले साहित्यमा पनि कलम चलाएका थिए । उनका विभिन्न कविताहरु प्रकाशित छन् । उनको आज दिउँसो अधुवा खोलामा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका सक्रिय सदस्य मुखियाको शवलाई प्रदेश नं १ का भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी , पार्टीका जिल्ला नवीन बिमली , वडाध्यक्ष एवं पार्टीका प्रदेश समिति सदस्य दुर्योधन गुरुङ, कार्यवाहक नगर सभापति सूर्यप्रसाद कन्दङ्वा , वडा सभापति मदन गुरुङलगायतले श्रद्धाञ्जली दिँदै पार्टीको झन्डा ओढाएका थिए ।उनका तीन छोरीहरु रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्