बिर्तामोड, भदौ १३ । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाबाट उम्मेदवार सिफारिस गरेको छ ।

हिजो बसेको जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गतेका लागि घोषित निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।

पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य अशेष घिमिरे , २ बाट पोलटव्युरो सदस्य भाष्कर काफ्ले र केन्द्रीय सदस्य निलमणि बराल , ३ बाट केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोखरेल र जिल्ला अध्यक्ष वेदराज रेग्मी , ४ बाट केन्द्रीय सल्लाहकार सदस्य नारायणसिंह राजवंशी र प्रदेश कमिटी सदस्य अम्बिका महत उप्रेती तथा क्षेत्र नं ५ बाट केन्द्रीय सदस्य इन्द्र बुढाथोकीलाई सिफारिस गरेको हो ।

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नं १ को प्रदेश क बाट वीपी भट्टराई र सुभद्रा भट्टराई, प्रदेश ख बाट दुर्गा भट्टराई र पर्शुराम शंकर , क्षेत्र नं २ को प्रदेश क बाट श्री सिटौला , चन्द्रकला घिमिरे र तीर्थ सिग्देल ,ख बाट प्रत्युस राना , होम दुलाल र दुर्गा आचार्य सिफारिस भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्