झापा , भदौ २८ । नेपालद्वारा पाकिस्तानलाई दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोग स्वरुप उपलब्ध गराइने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए । यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निणर्यानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ । पाकिस्तानमा विपद्मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्