झापा, भदौ ३१ । झापाको बिर्तामोड नगरपालिका-४ बाट २ जना र मोरङको बिराटनगर महानगरपालिका-१५ बाट १ जनालाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार बेलुका लागूऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा लागूऔषध ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो भने लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ मा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी-४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउनसुगर बरामद गरेको छ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्