झापा , असोज ५ । झापाका र ताप्लेजुङ दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि दुई जनाको मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-१० का २७ बर्षीय ईन्द्र चेम्जोङको स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका चेम्जोङलाई उपचारको लागि झापाको बि.एण्ड.सि. अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २५ बर्षीय बिक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको हो । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने मंगलवार बिहान खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



