बिर्तामोड, असोज ८ । झापाको बिर्तामोड नगरपालिका ९ नडियावारीस्थित कालीमन्दिर शक्तिपीठमा सदाझैं यस वर्ष पनि सामुहिक दुर्गा पूजा एवं जमरा राख्ने कार्यक्रम हुने भएको छ ।

बिर्तामोड – ३ र ९ का संस्थाहरु कालिमाता मठमन्दिर व्यवस्थापन समिति, आदर्श नवयुवा क्लब, आदर्श किर्तन मण्डली, आशिर्वाद किर्तन मण्डली, हरिहर किर्तन मण्डली एवम् आदर्श आमा समूहको संयुक्त आयोजनामा विगतझंै यस वर्ष पनि बडादशंैको अवसरमा असोज १० देखि १८ गतेसम्म नवरात्रको समयमा नडियाबारीस्थित कालीमन्दिर शक्तिपीठमा सामुहिक दुर्गा पूजा एवं जमरा राख्ने कार्यक्रम तथा सन्ध्याकालिन भजन किर्तन हुने भएको हो । बार्षिक रुपमा गरिने अनुष्ठानले बिर्तामोड नगरपालिका वडा नं.–३ र ९, आदर्श चौक र नडियाबारी आसपास क्षेत्रका भक्तजनहरुको आस्था तथा विश्वासमा वृद्धि ल्याई आध्यात्मिक भावनाको विकास गराउनुका साथै स्थानीयवासीबीच सुमधुर सम्बन्ध, आपसी सम्पर्क, सहभावना, सहयोग, मित्रता तथा भ्रातृत्व कायम गरी मन्दिरका गतिविधिमार्फत धर्म संस्कृतिको संरक्षण सम्बद्र्घन गर्दैै मानव कल्याणमा सदुपयोग गरि समाजलाई विकास, सभ्य र धर्म संस्कृतिप्रति आस्था जगाउने कार्यप्रति टेवा पु¥याएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, युवराज रोक्काले बताए ।
कालिमाता मठमन्दिर व्यवस्थापन समितिले दुर्गा पूजा भव्य रुपमा सम्पन्न गर्नका लागि मंन्दिर व्यवस्थापन समितिका सल्लाहकार काजी बुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय दुर्गा पूजा आयोजक मुल समिति गठन गरेको छ । त्यस्तै अनुष्ठानलाई सफल बनाउन विभिन्न ११ उपसमितिहरु गठन गरिएको छ । अम्विका खड्काको संयोजकत्वमा भजन–किर्तन समिति, जगत कटुवालको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा गल्ला परिचालन समिति, रविन बुढाथोकीको संयोजकत्वमा मन्दिर मण्डप तथा साउण्ड व्यवस्थापन समिति, ईन्द्रसिंह राजवंशीको संयोजकत्वमा प्रेस तथा सूचना, प्रचार तथा प्रसार समिति, केशव बुढाथोकीको संयोजकत्वमा अतिथि सत्कार तथा पत्राचार, गणेशकुमार उप्रेतीको संयोजकत्वमा सामग्री खरिद तथा व्यवस्थापन समिति, पुष्प बस्नेतको संयोजकत्वमा पुजा–आराधना समिति, तेजकुमार खड्काको संयोजकत्वमा ब्राह्मण आवास तथा भोजन समिति, रमा सिटौलाको संयोजकत्वमा ब्राह्मण दिवाभोजन, काशीनाथ सुवेदीको संयोजकत्वमा सुरक्षा समिति र जीवन शिवाकोटीको संयोजकत्वमा स्वयंसेवक तथा जमरा व्यवस्थापन समिति गठन गरिएको हो । दुर्गा पूजा आयोजक मुल समितिको सदस्यहरुमा भिष्म बुढाथोकी, कुमार खड्का, सागर खड्का, बंमबहादुर चौधरी, चक्र परियार, हिमाल खड्का, शंकर खड्का र विशाल वुढाथोकी रहेका छन् ।
पं. निरज आचार्यको आचार्यत्वमा र शिवप्रसाद पोखे्रलको सह–आचार्यत्वमा पूजा सम्पन्न गरिने छ । पूजा कार्यक्रममा देवीको पूजा आरम्भ तथा घटस्थापना गरी जमरा राख्ने, दैनिक रुद्री चण्डी पाठ पारायण तथा आरती, सन्ध्याकालीन भजन किर्तन तथा पण्डितहरुबाट धार्मिक प्रवचन, फुलपाति भित्र्याउने, लक्ष्यवर्ती दीप प्रज्वलन, ज्येष्ठ नागरिकलाई सम्मान, होमादी तथा नौ कन्या पुजन, भजन, तिलकपाति टिकाप्रसाद तथा जमरा वितरण आदि गरिने कालिमाता मठमन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोक्काले जानकारी दिए । दुर्गा पूजा सम्पन्न गर्न करिव १ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने अध्यक्ष रोक्काले जानकारी दिए ।