झापा, असोज १२ । मोरङको लेटाङ नगरपालिका-२ मा ७ वर्षीया नाबालिकामाथि मंगलबार साँझ यौन दुर्व्यवहार भएको छ ।

लेटाङ-२ का २१ वर्षीय विशाल रम्तेलले साँझ ७ः३० बजेतिर दुर्व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मदिरा सेवन गरेर नाबालिकालाई यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले रम्तेललाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।