झापा, असोज १८ । ताप्लेजुङ सिदिङ्वा ७ का एक युवकको शंकास्पद अबस्थामा बिर्तामोड बसपार्कमा शव फेला परेको छ ।

सिदिङ्वा ७ का २५ वर्षिय नवीन्द्र गुरुङको शव आज बिहान ८.३५ बजे अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्क छेउ फेला परेको हो ।

उनको नाकबाट रगत बगिरहेको अबस्थामा शव फेला परेकाले कसैले कुटपिट गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । कसैले कुटपिट गरी हत्या गरेको वा मादक पदार्थ सेवन गरी लड्दा मृत्यु भएको भन्ने विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए । गुरुङ कसरी र के कामले बिर्तामोड आइपुगे भन्ने कुरा खुलिनसकेको उनले बताए । घटनाबारे परिवारलाई जानकारी गराई गुरुङको शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्