झापा, कात्तिक ८ । सुसेली साहित्यिक परिवार मेचीनगरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर काँकरभिट्टामा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरिनुुका साथै विभिन्न स्रष्टाहरुले रचना वाचन गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति तथा साहित्यकार गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रज्ञा सभा सदस्य सुभद्रा अर्याललगायतले देवकोटाले नेपालीमा साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा काँकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, ६ नं. वडाका वडाध्यक्ष ललित तामाङ, बुद्धशान्ति साहित्य तथा सांस्कृतिक परिवारका अध्यक्ष शिवकुमार पौडेल, प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष तथा सुसेलीका सल्लाहकार कृष्णप्रसाद उप्रेती, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, लेखनाथ पुस्तकालयका अध्यक्ष हरिप्रसाद नेउपानेलगायतको उपस्थिति रहेको थियो ।

सुसेलीले लक्ष्मीपूजाको दिन प्रत्येक बर्ष सो पार्कमा कार्यक्रम गर्दै आएको छ । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविहरु डा. खगेन्द्रप्रसाद दाहाल, तोयानाथ दाहाल, विनोद खनाल, देवेन खरेल, हरिप्रसाद नेउपाने, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, हरिनारायण भट्टराई, महेन्द्र दुरगामी भट्टराई, दुश्यन्त भट्टराई, भुवन सुब्बा खरेल, सन्देश प्रसाईं, वेनु पनेरु, जय भण्डारी, गणेश निरौला, मिरा काफ्ले पोखरेल, मिना अधिकारी, लक्ष्मीअच्युत ढुङ्गाना, मुनामाया राना, ज्ञानेन्द्र ढुङ्गाना, मदन अधिकारीलगायतले कविता तथा गजल वाचन गरेका थिए ।

प्रमुख अतिथिबाट महाकविको प्रतिमामा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले गरेका थिए भने महाकवि देवकोटाको व्यक्तित्व परिचय मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलले दिएका थिए ।कार्यक्रमको संचालन सुसेली साहित्यिक परिवारका सहसचिव मदन अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्