पथरी, कात्तिक ११ । पिट्सवर्ग च्यालेन्ज कप अफ अमेरिकाको मुख्य आर्थिक सहयोगमा पथरीशनिश्चरे रंगशालामा फुटबल प्रतियोगिता सुरु भएको छ।

शुक्रबार नगरप्रमुख मोहन तुम्वापोसहितले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा दमक एफसीविरूद्ध १ –० गोल अन्तरले पथरी–११ विजयी भएको छ । निर्धारित समयको पहिलो हाफमा दुवै टिमले कुनै गोल गर्न सकेनन् भने दोस्रो हाफको २९ औ मिनेटमा पथरी –११ का जर्सी नं ९ सुमन मगरले दमक एफसीविरूद्ध निर्णायक गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए ।सो खेलको म्यान अफ दि म्याच पथरी –११ का सुमन मगर घोषित भए। शनिबारको खेल बेलडाँगी शिविर र बेलवारी एफसीबीच हुनेछ । प्रतियोगितामा झापा र मोरङका ८ वटा टिमले सहभागिता जनाएका छन्।

प्रतियोगितामा प्रथम र दोस्रो हुने फुटबल क्लबलाई ईन्ट्रा– वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा प्रायोजित पुरस्कार क्रमशः २ लाख १ हजार र १ लाख १ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्