झापा , कात्तिक १२ । आज बिहान झापाको बिर्तामोडमा एक यात्रुबाहक बसमा आगलागी भएको छ ।

बिर्तामोडको पश्चिम बस स्टेण्डमा मे १ ख ३२७२ नं को सगरमाथा यातायातको बसमा आगलागी भएको हो । तार सर्ट भएर आगलागी भएको यात्रुहरुले देखेपछि तत्काल आगो निभाईएको र ठूलो क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए ।