कुमरखोद, कात्तिक १२ । झापा गाउँपालिकामा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको छैठौ दिनको खेलमा डाँगीवारी एफसीलाई हराउँदै जलथल एफसी फाईनलमा प्रवेश गरेको छ ।

जलथल एफसी र डाँगीवारी एफसीबीच भएको दोस्रो सेमिफाइनल खेलमा ३–१ को गोल अन्तरले हराउँदै जलथल एफसी फाईनलमा प्रवेश गरेको हो । जलथल एफसीका फरवार्ड खेलाडी जर्सी नं. ९ का हिरन राजवंशीले पहिलो हाफको १९ र २० औं मिनेटमा १÷१ गरी २ गोल गरेका थिए भने दोस्रो हाफको १३ औं मिनेटमा डाँगीवारी एफसीका खेलाडी जर्सी नं. २३ का प्रमोद चौधरीले १ गोल फर्काएका थिए । त्यसैगरी जलथल एफसी खेलाडी जर्सी नं. ७ का विशाल गुरुङले दोस्रो हाफको १६ औं मिनेटमा थप १ गोल गरी आफ्नो टीमलाई फाईनलमा प्रवेश गराएका हुन् । शनिवारको खेलको म्यान अफ म्याच डाँगीवारी एफसीका खेलाडी अमित मुर्मू घोषित भए ।

आइतवारको फाईनल खेल आयोजक टीम र जलथल एफसीबीच हुने आयोजक क्लबका सचिव टेकबहादुर कार्कीले जानकारी दिएका छन् । प्रतियोगितामा विजेता टिमलाई ६० हजार १११ नगद र उपविजेता टिमलाई ३५ हजार १११ नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका कोषाध्यक्ष हेमकुमार राजवंशीले बताएका छन् । प्रतियोगितामा म्यान अफ द म्याच , बेस्ट डिफेन्स , बेस्ट किपर , बेस्ट प्लेयर , उदीयमान खेलाडी र हाईस्कोरले समेत नगदसहित मेडल पाउने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्