एजेन्सी । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ५१ जनाको ज्यान गएको छ ।घटनामा ८२ जना घाइते भएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/10/2fdf77b9-42a0-4130-bfc0-9b68ea0d9d3a.jpg)
शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको ज्यान गएको र कयौँ जना घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये १९ जना विदेशी नागरिक पनि रहेका छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/10/004e6f5d-6ab5-4223-9696-bfd002bdef67.jpg)
कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहकासाथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेको खबरमा उल्लेख छ । कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/10/3b249782-b7b0-42b0-97ea-4987b0246bb6.jpg)
अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/10/d4322220-6737-48a9-b475-4a2c643ec8a2.jpg)
![](https://pratidindaily.com/wp-content/uploads/2022/10/2fd12876-bbf6-4355-98c6-c0cc629d5898.jpg)
![](https://pratidindaily.com/wp-content/uploads/2022/10/e2cd04bd-341d-429f-81d5-58c2f55338b2.jpg)