झापा,कात्तिक १३ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु भोट माग्दै छठ पूजामा पुगेका छन् ।

मंसिर ४ गतेको निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरु ठूलो जमघट रहेको छठ पूजामा भोट माग्न पुगेका हुन् । झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन , ३(१)को प्रदेशसभाका लागि उम्मेदवारी दिएका एमालेका बसन्तकुमार बानिया मेची किनारमा आयोजित छठ पूजामा पुगेका थिए ।

त्यस्तै झापा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका माओवादीका हरि राना र २(१) को प्रदेशसभाका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका पुष्प पोखरेल बिरिङमा आयोजित छठ पूजामा पुगेका थिए ।

निर्वाचन आचारसंहिताले छुने भएर छठ समाज सेवा समिति बिर्तामोडले बिरिङमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बनाएको थियो । आयोजकहरुले उम्मेदवारहरुलाई निमन्त्रणा नगरेपनि उनीहरु आफै गएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्