झापा ,कात्तिक २१ । झापाको मेचीनगर –९ बालुवाटारमा रहेको दुना टपरी फ्याक्ट्रीमा आगलागी हुँदा करिव २ करोडको क्षति भएको छ ।

सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रा.लि.मा गएराति आगलागी हुँदा मेशिन, औजार र तयारी सामान जलेर नष्ट भएको हो । राति १२.५० बजे शुरु भएको आगलागी बिहान २.४० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए । अचानक आगलागी भएको भन्ने खबर राति १ बजे ईलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली खटिगई स्थानीयबासी, मेचीनगर नगरपालिका., कमल गाउँपालिका. बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका.,दमक नगरपालिकाको दमकल र प्रहरी सहयोगमा बिहान २.४० बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।आगलागीको कारण खुल्न सकेको छैन ।

मेचीनगर ९ बालुवाटार बस्ने हरि दाहाल, दाङ घोराही उपमहानगरपालिका १७ बस्ने स्वाभिमान आचार्य, तुलसीपुर उपमहानगरपालिका १८ बस्ने बिधान पोखरेल, मकवानपुर हेटौडा उपमहानगरपालिका ५ बस्ने कोबिडसिंह बानियाले सो उद्योग संचालन गर्दै आएका थिए । आगलागीबाट करिव दुई करोडको क्षति भएको संचालक हरि दाहालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्