झापा , कात्तिक २५ । ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्स अफिसमा धमाल मच्चाइरहेको छ ।

फिल्मले २७६ दशमलब ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ । पौराणिक कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो । १६ करोड रुपैंयाँमा बनेको यो फिल्मले एक्लै कन्नड भर्सनमा ४१ दिनमा १५१ दशमलब ८० करोड रुपैंयाँको कमाई गरेको छ । फिल्मको विश्वव्यापी कमाई ३५३ करोड रुपैंयाँ बढी छ । फिल्ममा ऋषभकै लेखन र प्रमुख भूमिकामा अभिनय छ । ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको यो फिल्म १४ अक्टोबरमा हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज भएको थियो । सबै भाषामा ४१ दिनमा फिल्मले देशमा २७६ दशमलब ५६ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ । जबकि यसको ग्रस कमाई करिब ३२५ करोड रुपैंयाँ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्