बिर्तामोड, कात्तिक २७ । कक्षा ११ को परीक्षामा उत्कृष्ट हुने झापाका ५४ जना विद्यार्थीहरुलाई उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ( हिसान) ले पुरस्कृत गरेको छ ।

विभिन्न संकायमा जिल्ला प्रथम , द्वितीय , तृतीय हुने र विद्यालयभरि प्रथम , द्वितीय र तृतीय हुने २७ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको हो । गत जेठ महिनामा भएको कक्षा ११ को परीक्षामा झापा जिल्लाभरि व्यवस्थापन संकायतर्फ एकता एकाडेमीकी आकृति भट्टराई प्रथम , शिशु निकेतनकी सृष्टि देउजा र गोमेन्द्र मोडल माविका रुद्रप्रसाद आचार्य द्वितीय तथा निदी माविकी अंचला श्रीवास्तव तृतीय भएका छन् । त्यस्तै विज्ञान संकायतर्फ निदी माविका अनिश घिमिरे प्रथम , ग्लोवल एजुकेशन एकाडेमीका चरण पराजुली द्वितीय र झापा मोडलका आवास नेपाल तृतीय भएका छन् । त्यस्तै मानविकी संकायतर्फ ग्लोबल एजुकेशन एकाडेमीकी अन्जु राजवंशी प्रथम भएकी छन् । द्वितीय र तृतीयको नाम आइसकेको छैन । प्रथम ,द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः नगद ५ हजार , ३ हजार र २ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

हिसान झापाका कार्यवाहक अध्यक्ष गौतम शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरका प्रमुख युवराज पौडेल , विशिष्ट अतिथि हिसानका केन्द्रीय सदस्य डा. रुपक खनाल , प्रदेश सदस्य राधेश्याम ढकाल, हिसान मोरङका उपाध्यक्ष टि.एन. तिम्सिनालगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पौडेल , विशिष्ट अतिथि खनाल , हिसानका मोरङ उपाध्यक्ष तिम्सिना , हिसानका झापा जिल्ला सदस्य अग्नी कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए । हिसानका जिल्ला सचिव टेकनाथ भण्डारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य देवेन्द्र हुमागाईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्