झापा, मंसिर ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाईँ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।

झापा क्षेत्र नम्बर १ (२) मा एमालेसँग चुनावी तालमेल गरी प्रदेशसभा सदस्यमा उठेकी बजगाईँले माओवादी केन्द्रका श्यामवीर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित गरेकी हुन् ।

बजगाईँले १३ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी लिम्बूले १२ हजार २२४ मत पाएका छन् । निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । लिम्बू गठबन्धनका साझा उम्मेदवार बनेका थिए । उनले हारेपनि काँग्रेसका दुवै उम्मेदवार झापा १ बाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्