झापा , मंसिर ७ । झापा क्षेत्र नं २ को प्रतिनिधि सभाको सदस्यमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २२५६ मतले पराजित गरी घिमिरे निर्वाचित भएका हुन् । घिमिरेले २८ हजार ६९७ मत ल्याउँदा नेपालले २६ हजार ४४१ मत पाएका छन् ।

त्यस्तै गठबन्धनका तर्फबाट माओवादीका हरि रानाले १३ हजार९२४मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । चौथो स्थान भने राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ओगटेका छन् । उनको मत संख्या ८ हजार ७७७ हो । झापा २ मा ८७ हजार ३७१ मत खसेको थियो । त्यस्तै ४ सय अस्थायी मतदाताले पनि मतदान गरेका थिए । जसमध्ये ५ हजार ६९७ मत बदर भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्