झापा , मंसिर ९ । झापा क्षेत्र नं ४ (१) को प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका राधाकृष्ण खनाल निर्वाचित भएका छन् ।

उनले प्रदेश नं १ का पूर्व कृषिमन्त्री झलकसिंह दर्लामीलाई पराजित गरेका हुन् । निवर्तमान प्रदेश सांसद दर्लामी सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार हुन् । खनालले १३ हजार ९५१ मत पाउँदा दर्लामीले १२ हजार ३७१ मत पाएका छन् । त्यस्तै हाम्रो नेपाल पार्टीका होमप्रसाद गौतमले १३४६ मत ल्याई तेस्रो स्थान ओगटेका छन् । कूल ३३ हजार २५६ मत खसेकोमा १६०७ मत बदर भएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्