बिर्तामोड ,मंसिर २६ । स्कूल जाने कपडा नभएर शिक्षाबाट बन्चित हुने अवस्थामा पुगेका बिर्तामोड १० मुसहर बस्तीका तीन बालबालिकाले स्कूले पोशाक पाएका छन् ।

मुसहर बस्तीका शत्रुधन चौधरी र जासो ऋषिदेवका तीन छोराछोरीले स्कूले पोशाक पाएका हुन् । बिर्तामोड २ का प्रेम ढुंगेलको पहिलो वर्षगाठ र बिर्तामोड १० का रुद्र चुडालको जन्मदिनको अवसरमा राम,लक्ष्मण र सीता चौधरीलाई ३ सेट स्कूले पोशाक र जुत्ता प्रदान गरिएको सामाजिक अभियन्ता विष्णु आचार्यले बताए ।
उनले अति विपन्न परिवारका ती बालबालिकाहरुलाई कपडा ब्यबस्थापन गरी विद्यालय जाने वातावरण तयार गरिएको जानकारी दिए । विराट आधारभूत विद्यालयमा पढ्ने ती बालबालिकाहरु पोशाक नभएर विद्यालय नगएको अभिभावकहरुले समस्या सुनाएका थिए ।