झापा, पुष ५ । स्पेनमा एक नेपालीको मृत्यु भएको छ ।

कास्कीको पोखरा-१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको गत शुक्रबार मृत्यु भएको त्यहाँ बसोबास गर्दै तर्कबहादुर बानियाँले जानकारी दिए । डेढ दशकदेखि स्पेनमा बस्दै आएका उनी हाल क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका थिए । गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए र , उनी एक हप्ताअघि मात्रै संक्रमणमुक्त भएर फर्किएको बानियाँले बताए । बुधबार दिउँसो गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए र बुधबार साँझ लिदियामा नै अन्तेष्टि गरिने एनआरएनए स्पेनले जनाएको छ । दिवङ्गत गौतमका श्रीमती , एक छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्