झापा, पुष ५ । राजनीतिसंगै व्यवसायलाई अगाडि बढाउँदै आएका हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीले होटल व्यवसाय संचालन गरेका छन् ।

उनले बिर्तामोडको खाद्य गोदामछेउ साल्ट एण्ड पेपर रेष्टुरेन्ट एण्ड बार र सेकुवा घर संचालन गरेका हुन् । आफ्ना छोरा नितेश गिरीको १२ औं जन्मदिनको अवसरमा त्यस रेष्टुरेन्ट एण्ड बारको उदघाटन गरिएको छ । त्यस रेष्टुरेन्टमा मासु पोलेर खाने सेकुवाका पारखीहरुका लागि विशेष व्यवस्था गरिएको संचालक गिरीले बताए । आफ्नै भट्टीमा किलोको हिसाबले लोकल कुखुरा , माछा , बंगुर , बोइलर कुखुरा पोलेर दिने गरिएको बताउँदै उनले प्लेटको भन्दा किलोको दरले काँचो मासु किन्दा सस्तो पर्ने गरेको जानकारी दिए । रेष्टुरेन्टमा सेवाग्राहीका लागि बस्नका लागि ९ वटा केविनको सुविधा रहेकोसमेत उनले जानकारी दिए । सेकुवासंगै आफ्नो रेष्टुरेन्टमा चिकेन कोप्ता, केएफसीजस्ता परिकार पनि उपलब्ध रहेको उनको भनाई छ ।

रेष्टुरेन्टमा गिरीले ७० लाखभन्दा बढी लगानी गरेका छन् । हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष गिरीले यसअघि मेनपावर व्यवसाय संचालन गरेका थिए । त्यसपछि चिल्ड्रेन गार्डेन विद्यालय र स्पार्क पूर्वाञ्चल अस्पताल संचालन गरेका थिए । उनले गत मंसिर ४ को निर्वाचनमा झापा क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्