झापा , पुष १२ । नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखाको सभापतिमा गोपाल गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।

सोसाइटीको आगामी दुइ वर्षे कार्यकालका लागि सभापति गिरीसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपसभापतिमा शर्मिला अधिकारी, सचिवमा केदार महत, कोषाध्यक्षमा रमेश भण्डारी, उपसचिवमा धनकुमारी खरेल “लता“ र उपकोषाध्यक्षमा मन्जु दाहाल “पोख्रेल“ निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा मुरारी पोख्रेल, सीता भण्डारी, मित्रप्रसाद अधिकारी र विकास कोइराला तथा महिला सदस्यमा लता कार्की चापागाइ पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सभापति गिरी यसअघि पनि दुई कार्यकाल भद्रपुर उपशाखाको सभापति भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्