झापा , पुष १७ । झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ ।

उनका श्रीमान घाइते भएका छन् । चार वटाको संख्यामा आएको जंगली हात्तीको समूह शिवसताक्षी-११ मा बस्ती पसेको थियो । हात्तीको आक्रमणबाट ६१ वर्षीया कृष्णमाया भण्डरीको मृत्यु भएको हो । उनका श्रीमान ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको दमकमा उपचार भइरहेको छ । आइतबार बिहान साढे २ बजेतिर बस्ती पसेको हात्तीले भण्डारी दम्पतीको घर भत्काएका थियो । सुतिरहेका भण्डारी दम्पतीलाई हात्तीले घर भत्काएर आक्रमण गर्दा कृष्णमाया गम्भीर घाइते भएकी थिइन । उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्