झापा , पुष १७ । मोरङको बिराटनगर महानगरपालिक-१६ खोक्साहा, दरैया लगायतका स्थानहरुबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको खाद्यान्न, लत्ताकपडा, ग्याँस चुलोको बर्नर लगायतका अन्दाजी मुल्य २ लाख ३ हजार ५ सय रुपैँया बराबरको समान बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगर बुझाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्