झापा , पुष २४ । प्रहरीले झापा , मोरङ र सुन्सरीको विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको छ ।

शनिबार साँझ ६ः२५ बजे झापा मेचीनगर नगरपालिका वडा नं. ६ मा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छली गरी अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी मूल्य चालिस हजार बराबरको कपडा बरामद गरी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको छ । त्यस्तै शनिबार बिहान प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरी टोलीले झापा बाह्रदशी गाउँपालिका वडा नं. ३ जवेगु डाँडामा सखुवा जातको काठ १७.२५ क्यु.फिट बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उता जिल्ला प्रहरी कार्यालय मोरङले मोरङका विभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ । मोरङ जिल्लाका सिमावर्ती क्षेत्रका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले खाद्यान्न, लत्ताकपडा, हार्डवेयरको सामान, कस्मेटिक लगायतका अन्दाजी ७ लाख ३३ हजार १ सय ८० रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बिराटनगर बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न किसिमका अबैध समानहरु बरामद गरी भन्सार कार्यालय बुझाएको छ । जिल्लाका बिभिन्न सिमावर्ती क्षेत्रबाट अबैध रुपमा चोरी निकासी पैठारी भएका मदिरा, विभिन्न किसिमका खाद्यान्न, लत्ता कपडाहरु गरी अन्दाजी ९ लाख ८१ हजार बराबरको सामानहरु बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्