झापा , पुष २६ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहको प्रहरी टोलीले बैकिङ कसुर मुद्दा र चेक अनादर मुद्दाको एकजना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उप-महानगरपालिका-९ बस्ने ४४ बर्षीया सिताकुमारी भेटवाल पोखरेल रहेकी छिन् । बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७९ असार १गते गरेको सजाय निर्धारण फैसला आदेशले ५ लाख रुपैया जरिवाना र चेक अनादर मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवाको मिति २०७९ जेठ २७ गतेको सजाय निर्धारण फैसला आदेशले ३ महिना कैद र ३ हजार रुपैया जरिवान बेरुजु रहि फरार रहेकी पोखरेललाई गाँउघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्