झापा, पुष २६ । मोरङको सुन्दरहरैचा नगरपालिका-११ सितुमारीमा भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

सोमबार बिहान साढे ९ बजे उत्तरबाट दक्षिणतर्फ बालुवा बोकेर जाँदै गरेको को २ त ५८२२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ बर्षीय अनिल चौधरी र सहचालक २० बर्षीय रुपेश रिषिदेव घाईते भएका थिए । घाईते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको छ भने रिषिदेवको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्