झापा, पुष २६ । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शहिदभुमि गाउँपालिका-२ का ३६ बर्षीय टेकबहादुर राई र कागेश्वरी मनहरा नगरपालिका-२ काठमाण्डौका ४० बर्षीय प्रकाशचन्द्र राई , लेटाङ नगरपालिका-२ का २४ बर्षीय हेमन लिम्बू , लेटाङ नगरपालिका-३ का २५ बर्षीय सुजन लिम्बू, ईटहरी उप-महानगरपालिका-१० का १९ बर्षीय संदिप चौधरी र बर्जु गाउँपालिका-४ का २४ बर्षीय रोहित पौदार रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले टेकबहादुर राई र प्रकाशचन्द्र राईलाई बिराटनगर-१५ बाट ८० मिलिग्राम लागूऔषध ब्राउनसुगर तथा हेमन लिम्बू र सुजन लिम्बूलाई बिराटनगर-१६ बाट लुपिजेशिक-४ एम्पुल, एभिल-४ एम्पुल, डाईजेपाम-४ एम्पुल, फेनरगन- ४ एम्पुल, NITRAZEPAM-१० चक्कीसहि सोमबार दिउँसो पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई स्पास्मोप्रोक्सिवन र निट्राजेपाम २०/२० चक्की सहित पक्राउ गरेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले रोहित पोदारलाई लागूऔषध डाईजेपाम, निट्राजेपाम लुपिजेसिकसहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्