झापा , पुष २९ । सुनसरीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना किशोर पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । धौलाकोटीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लांघाली सामुदायिक जंगलभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्