झापा, माघ ४ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इञ्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित मंगलबार पक्राउ परेका छन् ।

उनलाई कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा खटिएको टोलीले इञ्जिनियर साहलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । घुस लिइसकेको अवस्थामा पक्राउ परेका इन्जिनियर साहमाथि थप अनुसन्धान भइरहेको भण्डारीले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्