झापा, माघ १२ । मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-३ ढाटमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १-०४-००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक धरान उप-महानगरपालिका-८ सुनसरीका ५५ बर्षीय प्रेमबहादुर श्रेष्ठको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको हो भने सोहि दिन साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका-७ स्थित भित्री सडकखण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि घाईते भएका सहचालक सुन्दरहरैचा-७ का २२ बर्षीय श्यामबहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । यसैगरी सुनसरीको ईटहरी-१२ स्थित कोशी लोकमार्गमा प्रदेश १-०४-००१ च ०१९८ नम्बरको पिकअपले साईकलयात्री गढी गाउँपालिका-१ सुनसरीका ६० बर्षीय आनन्द चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्