एजेन्सी । ओसुमाने डेम्बेलेको  निर्णायक गोलप्रेरित बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ ।

बुधबार राति क्याम्प नोउमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा रियाल सोसिडाडका ब्राइस मेन्डेजले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो। आधाभन्दा धेरै समय १० जनामा सीमित भएर खेलेको सोसिडाडले दोस्रो हाफको सुरुमै गोल खायो। डेम्बलेले ५२औं मिनेटमा गरेको एक मात्र गोल बार्सिलोनालाई सेमिफाइनलमा पुर्याउन पर्याप्त बन्यो। जुलेस कोन्डेले दिएको पासलाई बक्स भित्रबाट प्रहार गर्दै डेम्बेलेले गोल गरेका थिए। अघिल्लो चरणमा बार्सिलोनाले एडी क्वेटालाई ५-० को फराकिलो नतिजामा पराजित गरेको थियो। अर्को क्वाटरफाइनलमा बुधबार राति नै ओसासुनाले सेभियालाई २-१ को नतिजामा पराजित गरेको छ । बाँकी दुई क्वाटरफाइनल आज राति हुनेछन् । भ्यालेन्सिया र एथ्लेटिक क्लब तथा रियाल मड्रिड र एट्लेटिको मड्रिड सेमिफाइनलमा स्थान बनाउन प्रयासरत हुनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्