झापा, माघ १२ । भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।

बिहीवार दिउँसो ४ बजे प्रहरी चौकी मेची पारिबाट खटिएको प्रहरी टोलीले भद्रपुर वडा नं. ३ मेची नदी किनारमा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको सुर्ति ११ बोरा, पापड १६ प्याकेट, खानेतेल १ टिन, नाइलनको डोरी १ पोका, कलको जिब्रि २ प्याकेट र सामान ल्याउन प्रयोग भएको साइकल ५थान गरि जम्मा ५५ हजार मूल्य बराबरको सामानहरु बरामद गरेको हो । ती सामान आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्