कुमरखोद, माघ १७ । झापा गाउँपालिकाको वडा नं २ बालुवाटारमा ३ दिवसीय मेला लाग्ने भएको छ ।


सानोमाई नदीको किनारमा रहेको भागीरथी गंगा मन्दिरमा प्रत्येक वर्षको माघ महिनाको पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । यो वर्ष भने माघ महिनाको २० देखि २२ गतेसम्म मेला लाग्ने भएको छ । जनविश्वास र आस्थाका साथ भागीरथी गंगा मन्दिरमा २०६१ सालदेखि भव्य मेला लाग्दै आएको मेला समितिका अध्यक्ष भीम घोर्सानेले बताए ।

श्रद्धालु भक्तजनले शुद्ध मनले भागीरथी गंगादेवीको मन्दिरमा आएर पूजाआजा गरे मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
भागीरथी गंगादेवी मन्दिरलाई अहिले बेहुलीजस्तै सजिसजाउ गरिएको छ । मेलालाई व्यवस्थापन गर्न र मेला भर्न आउने भक्तजनको सुविधालाई मध्यनजर राखेर सुरक्षा व्यवस्था कडा राखिनुका साथै ५५–६० जना स्वयंसेवक परिचालन गरिने मेला समितिका सचिव दिलबहादुर लिम्बूले बताए ।
मेलालाई आकर्षण बनाउनका लागि रोटेपिङ , सर्कस , व्रेकडान्स , बटरफ्लाई , ड्रागन खेल ,सन्थाल सांस्कृतिक नृत्यका साथै स्थानीय चर्चित गायिका पिंकी राजवंशीलगायतका कलाकारहरुको वेजोड प्रस्तुती हुने आयोजकले जनाएको छ ।
सानोमाई नदीको किनारमा रहेको भागीरथी गंगादेवी मन्दिर र नदीनजिकै रहेको गुफाखाडीलाई भविष्यमा पर्यटकीय क्षेत्र बनाउनका लागि पहल गरिने वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्