झापा , माघ १८ । झापा गाउँपालिका–३ स्थित कामाटोली बजारबाट ठगी गर्दै हिडेको आरोपमा एक भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत किसनगंज शिकारी बस्तीका ४० वर्षीय कुदुम अन्सारी रहेको प्रहरीले जनाएको छ।
लुटेरा भएको आशंकामा स्थानीयहरुले अन्सारीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।कामाटोलीमा एक जनालाई बेहोस बनाएर ठगेर खाजा खाने क्रममा उनलाई सिसिटिभी क्यामेराको सहयोगमा नियन्त्रणमा लिइएको स्थानीयको भनाई छ।

साँझ ५ बजे भएको घटनामा अन्सारीको साथबाट राम,लक्ष्मण र सीताको चित्र अंकित तामाको पैसा १ थान र बीआर ३७ए ८४७३नम्बरको मोटरसाईकल समेतलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका जिल्ला प्रहरी कार्यालय झापा पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्