झापा, माघ १८ । झापामा लागूऔषधसहित दिनहुँ पक्राउ पर्ने क्रममा बुधवार दमकमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं.२ नयाँ आम्दा खरखरेमा प्र.१–०२–०४८प ६६५७,ज १२ प ५५५७ नं.को मोटरसाइकलहरु र को २८ प ३१४६ नं.को स्कुटी रोकिराखेको अबस्थामा दमक नगरपालिका वडा नं. ८ शान्ति टोल बस्ने ३७ वर्षिय तेजकुमार खवास, वडा नं २ बस्ने ३५वर्षिय सुनिल श्रेष्ठ र सोही ठाउँ बस्ने २२ वर्षिय बिजय धिमाललाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १९ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

मोबाइल ४ थान , नगद ९७ हजार ६००, मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिई उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्