झापा, माघ २७ । चोरी मुद्धाका फरार गौरादहका दुई प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिजय भन्ने रोबिन राजवंशी र एलेक्स भन्ने बिजय चौधरी रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७८ कार्तिक १४ गतेको फैसला अनुसार चोरी मुद्धामा गौरादह नगरपालिका वडा नं.८का २५ वर्षिय बिजय भन्ने रोबिन राजवंशीलाई ६ महिना कैद र रु ५हजार जरिवाना सुनाइएको थियो । सोही दिनको फैसलामा एउटै घटनामा संलग्न गौरादह नगरपालिका वडा नं.२ का ३६ वर्षिय एलेक्स भन्ने बिजय चौधरीलाई १ बर्ष ६ महिना कैद र रु १५ हजार जरिवाना सुनाइएको थियो ।

फरार रहेका राजवंशी र चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले उनीहरु दुवैलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्