बिर्तामोड, माघ २७ । बिर्तामोड–४ मा रहेको गोमेन्द्र बहुमुखी महाविद्यालयले स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षा उद्घाटन गरेको छ ।

महाविद्यालयले शुक्रवार शैक्षिक सत्र २०७९÷०८० देखि स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षा उद्घाटन गरेको हो ।
झापा, इलाम, ताप्लेजुङ र पाँचथर जिल्लाभरिमै पहिलो पटक स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षा सञ्चालन गर्ने पहिलो महाविद्यालय गोमेन्द्र भएको महाविद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गोमेन्द्र महाविद्यालयले स्नातकोत्तर तहको एमबिए र एमसीएको कक्षा यसै बर्षदेखि सञ्चालन गरेको हो ।

महाविद्यालयका संस्थापक अध्यक्ष गणेशप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक तथा कार्यक्रमका प्रमुख अतिथि अजयकुमार शाहले एमबिए र एमसीए कक्षाको उद्घाटन गरेका थिए । स्वागत महाविद्यालयकी भाइस प्रिन्सिपल सरु खनालले गरेको कार्यक्रममा प्रमुख अतिथि शाह, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा,एक्सेल डेभलोपमेन्ट बैंकका सिइओ इन्द्र कट्टेल, क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरे, स्टेशनरी एसोसिएसनका पूर्व अध्यक्ष फडिन्द्र न्यौपाने, हिसान झापाका उपाध्यक्ष गौतम शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्नातकोत्तर तहका बिभागीय प्रमुखमा प्राचार्य डा. पृथ्बीविक्रम राई, एमबिएतर्फ बिमल राजवंशीलगायतले एमबिए र एमसीएको कक्षाको ब्यवस्थापनका बिषयमा जानकारी गराएका थिए ।
२०५३ सालमा स्थापना भएको महाविद्यालयले शुरुका बर्षमा उच्च माध्यमिक शिक्षा परिषदबाट स्वीकृति लिएर कक्षा ११ र १२ सञ्चालन गर्दै आएको थियो । पत्रकारिता तथा कम्प्युटर बिज्ञानको कक्षा पूर्वाञ्चलमै पहिलो पटक शुरु गरेको महाविद्यालयले पूर्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । २०५६ सालमा बिज्ञान तथा प्रबिधि संकायतर्फ बिसिए र २०६२ सालदेखि ब्यवस्थापन संकायतर्फ बिबिए पठनपाठन शुरु गरी प्राविधिक तथा ब्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्