झापा, माघ २८ । ताप्लेजुङ– झापा सरोकार समाजको शनिवार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको छ ।

धनुषकोटी धाममा आयोजित साधारणसभा, अधिवेशन तथा बनभोज कार्यक्रमबाट होमप्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । काफ्ले तेस्रो पटक अध्यक्षमा चयन भएका हुन् ।समितिको उपाध्यक्षत्रयमा विक्रम मादेन, शिव खरेल र राधा पोखरेल रहेका छन् ।समितिको सचिवमा उमानाथ प्याकुरेल, सहसचिवमा ढाँचाराज कडरिया र कोषाध्यक्षमा देवराज तामाङ (पदम) रहेका छन् ।समितिको सदस्यमा पूर्णकुमार थापा, शिवराज पौडेल, सन्तोष बराल, लक्ष्मी अधिकारी, राकेश अग्रवाल, रमेश पुरी, इन्द्रमणी थापा, नवीन सिटौला, पूर्ण कार्की, देवी अधिकारी रहेको निर्वाचन समिति संयोजक नारायण चौलागाईले जानकारी दिए ।

यसअघि संस्थाको बार्षिक साधारणसभामा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाको प्रतिवेदन अध्यक्ष काफ्ले र कोषाध्यक्ष पदमबहादुर तामाङ (पदम) ले प्रस्तुत गरेको कोषको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । संस्थाका सचिव रेजिना गौतमको सञ्चालन तथा उपाध्यक्ष विक्रम मादेनले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, विशेष अतिथिद्वय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्र न्यौपाने र पूर्वमन्त्री खगेन्द्र प्रसाईंले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा आयोजित नृत्य तथा गायन प्रतियोगिताअन्तर्गत नृत्यतर्फ दुर्गा पौडेल प्रथम, राधा डाँगी दोस्रो र हरि चुडाल तेस्रो भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्