बिर्तामोड, माघ २८ । १३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ स्वर्णसहित प्रथम भएको छ ।


बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको यस प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण, ८ कास्य पदकसहित दोस्रो र दुर्गा माध्यमिक विद्यालय ६ स्वर्ण, ३ कास्य पदकसहित तेस्रो भएको छ ।

विजेताहरुलाई शनिबार महेन्द्ररत्न माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । विधागत खेलहरुमा भलिवल छात्रतर्फ निदी मावि प्रथम, बाल्मिकी एजुकेशन फाउण्डेसन द्वितीय र दुर्गा मावि तृतीय भएका छन् । यस्तै छात्रातर्फ निदी मावि प्रथम, गोमेन्द्र मावि द्वितीय र बाल्मिकि एजुकेशन फाउण्डेसन तृतीय भएको छ ।

यस्तै एथ्लेटिक्सतर्फ महेन्द्ररत्न मावि प्रथम, महेन्द्र ज्योति मावि द्वितीय र दुर्गा मावि तृतीय भएका छन् ।यस्तै कवड्डी खेलमा छात्रतर्फ मोहनमाया मावि प्रथम, निदी मावि तृतीय भएका छन् भने छात्रातर्फ दुर्गा मावि प्रथम, बाल्मिकि एजुकेशन फाउण्डेसन द्वितीय र मोहनमाया तृतीय भएका छन् । करातेतर्फका खेलहरुमा बाल्मिकी एजुकेशन फाउण्डेसन प्रथम, महेन्द्ररत्न मावि द्वितीय र महेन्द्र ज्योति मावि तृतीय भएका छन् ।

नगरपालिकाले भलिवल, एथ्लेटिक्स,करातेमा विद्यालयस्तरीय प्रतियोगिता गराएको हो । यस प्रतियोगिताबाट छनोटमा परेका खेलाडीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने छन् । शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रममा बिर्तामोड नगर प्रमुख प्रसाईं, उपप्रमुख संग्रौला,नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल,शिक्षा शाखाका शाखा अधिकृत दिनेशकुमार आचार्य,नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल ,नेपाल शिक्षक संघ बिर्तामोडका अध्यक्ष जयकुमार प्रसाई,नगर प्याव्सनका अध्यक्ष उत्तम खनाललगायतको उपस्थिति रहेको थियो। दुर्गा निरौलाद्वारा संचालित कार्यक्रममा महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्